१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चार दिनदेखि सडक अवरुद्ध

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंघा गाउँपालिका-१ सिनाममा झरेको पहिरोले सडक बगाउँदा चार दिनदेखि यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध बनेपछि सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोक जाने र फर्कने यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला छेउमा झरेको पहिरोले करिव २० मिटर सडक बगाएको शिक्षक चन्द्र बुढाथोकीले बताएका छन् । 

चार दिनदेखि सडक अवरुद्ध

पहिरो शनिबार राति झरेको थियो । यो मार्ग भएर झापा बिर्तामोड र सदरमुकाम फुङलिङबाट सवारी चल्ने गरेको थियो । यस्ले आम्बेगुदिनको खाम्दिङ्गे बजारपनि यातायातबाट पनि बञ्चित भएको छ । सडक नहुँदा तेल्लोकबाट सिनामको डाँडाँ गाउँसम्म पुग्न तीन घण्टा बढी पैदल हिँड्नुपर्छ । याम्फुदिन, मामाफ्रे खेवाङबाट आउने यात्रुलाई पहिरोका कारण ठूलै समस्या भएको छ । एकै दिनमा सदरमुकाम पुग्ने यी क्षेत्रका बासिन्दाले अब बास बस्नुपर्ने भएको छ ।


पहिरो पन्छाउने प्रयास भइरहेको वडाध्यक्ष उर्मिला थेवेले बताइन् । गतवर्षपनि यही ठाउँमा पहिरो झरेर पटक/पटक सडक अवरुद्ध बनाएको थियो । पहिरो पन्छाउन ५ लाख बढी खर्च भएको थियो । तत्काल अरु विकल्प नभएकाले गाउँपालिका सँग कुरा गरेर सडक खुलाउने प्रयत्नमा रहेको थेबे बताउँछिन् । गाउँपालिका अध्यक्ष टीका गुरुङका अनुसार पानी पर्ने क्रम रोकिएपनि गाउँपालिकाकै स्काभेटर प्रयोग गरेर खुलाउने प्रयास गरिने छ । ताप्लेजुङमा प्रत्येक रातजसो वर्षा भइरहेको छ । कमेरे माटो र बगिरहने क्षेत्र भएकाले सामान्य वर्षा हुनासाथ प्रत्येकवर्ष पहिरो जाने गरेको छ ।


प्रकाशित : असार ४, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?