२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

वडामै मिल्छ झगडा

वेदराज पौडेल

इनरुवा — छरछिमेकी, परिवार र सामाजिक रूपमा हुने झै–झगडा, वादविवादबाट पीडितको पक्षमा सुनवाई गरी न्याय दिलाउने कार्यमा वडातहका मेलमिलापकर्ता सक्रिय रहेका छन ।

इनरुवा ३ मा गठन गरिएको न्यायिक तथा मेलमिलाप समितिका पदाधिकारीले वडा कार्यालयमा दर्ता भई आएका उजुरीलाई अभिलेखीकरण गरी दुवै पक्षलाई छलफलमा बोलाएर सम्भव भएसम्म आपसी सहमती गराई मेलमिलाप गराउने गरेका हुन् ।

इनरुवा ३ राजभर टोलकी जेष्ठ नागरिक सरस्वती राजभोर चौधरीले मंगलबार आफनै छोराबुहारी पर्शुराम र आशाले खान लाउन नदिई कुटपिट गरेर घरबाट निकाला गरिदिएको भन्दै वडा कार्यालयमा लिखित उजुरी गरेकी थिइन् ।


वडाअध्यक्ष कालुराम गुरुङले पीडित सरस्वती राजभोर चौधरीको उजुरी परे लगतै मेलमिलापकर्तालाई खबर गरी दुवै पक्षलाई बोलाएर छलफल गर्न आग्रह गरेपछि समितिले निवेदनमा नाम उल्लेख गरेका दुवै जनालाई वडा कार्यालयमा उपस्थित हुन पत्रचार गरेको छ । देवनारायण साह र महेन्द्र साह बीचमा लेनदेनको विषयमा विवाद भएपछि देवनारायणले वडा समिति समक्ष उजुरी दिए ।


उनको उजुरीका आधारमा दुवै पक्षलाई राखी सहमती गराई मेलमिलाप गराइएको मेलमिलापकर्ता सविना सिग्देल रेग्मीले बताइन् ।

इनरुवा ३ मा सरिता घिमिरे कार्की, सविना सिग्देल रेग्मी र टीका सिवाकोटी आचार्य रहेको न्यायिक तथा मेलमिलाप समिति गठन गरिएको छ ।


वडा कार्यालयमा आएका मेलमिलाप प्रकृतिका विवादलाई वडाअध्यक्षलगायतका जनप्रतिनिधिले यही समितिमार्फत समाधानका लागि पहल गर्न दुवै पक्षलाई बोलाई छलफलमा भाग लिन लगाउने गरिएको इनरुवा नगरपालिकाका न्यायिक समितिका सदस्य तथा वडासदस्य सरोज बराल बताउँछन् ।


वडाअध्यक्ष कालुराम गुरुङले वडा तहमा बाबुआमा छोराबुहारी बीचको विवाद, श्रीमान् श्रीमती बीचको विवाद, छिमेकी बीचको साँधसिमाना, गाली–गजौल लगायतका विषयका उजुरी आउने गरेकाले वडाबाट पदाधिकारीले बिहान बेलुकाको समयमा गाउँ घरमा गएर गर्ने छफफलबाट समस्या सामाधान नभएको अवस्थामा मेलमिलाप समितिमार्फत विवाद सामाधानको प्रयास गरिने बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?