कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

२ सय ८७ जनाले पाए रोजगारी

खोटाङ — जिल्लाका दुई पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसी गाउँपालिकामा उक्त कार्यक्रम सुरु भएको हो ।

२ सय ८७ जनाले पाए रोजगारी

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १५ वटाका १ सय ८० युवाले रोजगार पाएका छन् । बेरोजगार र अति विपन्न परिवारका नागरिकलाई रोजगारको अवसर दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । रिजालका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दैनिक जनही छ सय दशका दरले मासिक १८ हजार तीन सय रुपैयाँ पारिश्रमिक पाउने छन् ।


गरिबीको रेखामुनि रहेका र बेरोजगार नगरबासीमध्येबाट छनोट गरेर वर्षमा कम्तीमा सय दिनको रोजगारीको अवसर दिइएको रिजालले बताए ।


उनीहरूले सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रङ्गरोगन, विद्यालय वरपर बगैंचा निर्माण, फलफूलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको रिजालले जनाए ।


रावाबेसी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यहाँका १ सय सात जनाले रोजगार पाएका छन् । उनीहरूले दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने उक्त गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।


रोजगार पाउने युवालाई कुभिण्डेमा, नुनथला–कुभिण्डे सडकको नाली काट्ने, खार्पा–महुरे–झिगटीघर सडकको नाली काट्ने, बिजुले–लामिडाडाँ भन्ज्याङसम्म सडकको नाली काट्ने, खाल्डाखुल्डी सोलिङ गर्ने, छोटो दूरीका पुराना पैदल हिड्ने बाटोमा सिढी लगाउने लगायतका काममा खटाइएको अध्यक्ष निरौलाले सुनाए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?