३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मिर्गौला प्रत्यारोपणका लागि २ लाख सहयोग

सुनसरी — मोरङको बेलबारी बस्ने ४४ वर्षीय सोमबहादुर श्रेष्ठलाई धरानका संस्थागत विद्यालयहरुले बुधबार २ लाख ३ हजार ९ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । चार वर्षदेखि दुवै मिर्गौला खराब भएर उपचार (डाइलाइसिस) गरिरहेका श्रेष्ठलाई बचाउन संस्थागत विद्यालयहरुले आर्थिक सहयोग गरेका हुन् ।

मिर्गौला प्रत्यारोपणका लागि २ लाख सहयोग

धरानस्थित ज्ञानोदय सेकेण्डरीका भाइस प्रिन्सिपलसमेत रहेका उनका दाजु खेमराज श्रेष्ठले स्वदेश र विदेश बस्ने मनकारी नेपाली समुदायबाट उपचारका लागि सहयोग जुटिरहेको बताए । चिकित्सकले मिर्गौला प्रत्यारोपणको व्यवस्था नभएसम्म डाइलाइसिस गर्नु पर्ने सुझाव दिएको श्रेष्ठले बताए ।

उनले एउटा मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा ४० लाख रुपैयाँ आवश्यक पर्ने भएकाले रकम जुटाउने अभियानमा लागेको श्रेष्ठले बताए । भाइ बचाउन आर्थिक संकलनमा जुटेका खेमराजले भने, ‘मिर्गौला प्रत्यारोपण गर्न खर्चिलो छ । चार वर्षको अवधिमा १२ मिर्गौला डाइलाइसीस र अन्य उपचारमा धेरै खर्च भएको छ । जति सक्दो चाँडो आर्थिक संकलनमा जुटेका छौं । सोही संकलित रकमले सोमबहादुरको मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाएका छौं । आफ्नो गच्छेअनुसार आर्थिक सहयोग भएमा सोमबहादुरलाई बचाउन सकिन्छ भन्ने आशा पलाएको छ ।’


प्रकाशित : जेष्ठ २९, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?