कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मेयर चौधरीले भने, 'सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय छैन'

मोरङ — इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले स्थानीय पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँचिदिने धम्की फिर्त्ता लिएका छन् । उनले आइतबार विज्ञप्ति निकालेर पत्रकार र प्रेस जगतलाई पर्न गएको आघातप्रति दुःख व्यक्त गरेका हुन् ।

मेयर चौधरीले भने, 'सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय छैन'

'मंगलबार इटहरीका एक पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर आक्रोशपूर्ण तरिकाले फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाइहरुबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दछु,' विज्ञप्तिमा छ, 'प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्त्ता लिन चाहन्छु । मेरो सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय छैन ।'

इटहरी उपमहानगर प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 'हामी दुवै पक्ष परिष्कृत र परिमार्जित बन्दै इटहरीको समृद्धि र विकासमा अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो,' विज्ञप्तिमा भनिएको छ, 'प्रेस जगतको भूमिकाबिना नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन् । प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढीकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला ।'



भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको अभियानमा रहेकोले सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् । 'इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर बाँकी राख्ने छैनौं,' विज्ञप्तिमा भनिएको छ, 'परिवर्तन र समृद्धिको यो यात्रामा सबै पक्षलाई समेल भइदिन अनुरोध छ ।'

प्रकाशित : जेष्ठ २६, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?