दुई माेटरसाइकल जुध्दा एकको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको कटहरी गाउँपालिका ७ भौडाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

को३६प ३७३० नम्बर मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को२९प ८३८० नम्बर मोटरसाइकलसँग जुध्दा १९ वर्षीय निरज सरदारको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित : जेष्ठ २६, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

टिपरको ठक्कबाट साइकलयात्रीको मृत्यु

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । शुक्लागण्डकी ४ दुलेगौडाका २१ वर्षीय कमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।


भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकल यात्रीलाई ठक्कर दिएको थियो। दुलेगौडाको तनहुँ सेवा अस्पतालमा सामान्य उपचार पछि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको लामिछानेले बताए।

प्रकाशित : जेष्ठ २६, २०७६ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्