कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेर दुई विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि आन्दोलन रोकियो (अपडेट)

डम्बरसिं राई

खोटाङ — डुबेर मृत दुई विद्यार्थीका आफन्तले शनिबारदेखि सुरु गरेको प्रदर्शन राहत र किरिया खर्च पाउने भएपछि टुंगिएको छ । शनिवार बिहान साप्सुखोलामा डुबेर मृत्यु भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिश बस्नेत र १९ वर्षीय विक्रम भट्टराईका आफन्तले विभिन्न माग राखी शनिबार बेलुकीदेखि सुरु गरेको प्रदर्शन रोकिएको हो ।

डुबेर दुई विद्यार्थी मृत्यु प्रकरण : सहमतिपछि आन्दोलन रोकियो (अपडेट)

दिक्तेलस्थित दित्तेल प्राविधिक शिक्षालयले अध्ययन भ्रमणमा मेवाखोला हाइड्रोपावर लैजाने क्रममा खोलामा पौडी खेल्दा उनीहरूको मृत्यु भएको थियो । मृतकका आफन्तले मृतकलाई सहिद घोषणा, प्राविधिक शिक्षालय खारेज, उचित क्षतिपूर्ति लगायतको माग राखेर दिक्तेल बजारमा नाराबाजी गर्दै बन्द गराएका छन् । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत नाराबाजी गरेका थिए । आफन्तले जिल्ला अस्पतालमा पनि शनिबार राति अबेरसम्म प्रदर्शन गरेका थिए ।


आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको दुई पक्षीय छलफलमा मृतकका आफन्तलाई पाँच लाख रुपैयाँका दरले राहत र एक लाख रुपैयाँका दरले किरिया खर्च प्राविधिक शिक्षालयले दिने सहमतिपछि आन्दोलन बन्द गरेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए।

उनका अनुसार सहमतिपछि पोस्टमार्टम गरेर शव बुझ्ने बाटो खुलेको छ । ‘दुई पक्षीय वार्तापछि आन्दोलन फिर्ता लिनु भएको छ ।’ प्रजिअ उपाध्यायले भने,‘भोलि पोस्टमार्टम गरी शव बुझ्ने सहमति भएको छ ।’

प्रकाशित : जेष्ठ १९, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?