१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काँडे भ्याकुरको विवाह !

संखुवासभा — दुर्लभ चरा काँडे भ्याकुरको शुभ विवाह १ सुन्दा अचम्म लाग्न सक्छ । काँडे भ्याकुर र रेड पाण्डा (हाब्रे) संरक्षण गर्नुपर्छ भन्ने सन्देशसहित साहित्यकार ताराबहादुर बुढाथोकीले पुस्तकमार्फत काँडे भ्याकुरको ‘विवाह’ गरिदिएका हुन् ।

पुस्तकमा उल्लेख भएअनुसार काँडे भ्याकुरले अरुण उपत्यकामा बेहुली नभेटेपछि घुम्दै जाँदा रारामा बेहुली भेटिन्छ । त्यहीँ बिहेको कुराको छिनोफानो हुन्छ । जन्ती जाने निश्चित हुन्छ । त्यसमा लोकन्तीको भूमिका निर्वाह गर्छ एउटा रातो पाण्डाले । उडेर जान सक्ने चराहरू रारा पुग्छन् । रारामा पुगेर बेहुली अरुण उपत्यकामा ल्याइन्छ ।


पुस्तकमा काँडे भ्याकुर, रातो पाण्डा, गरुड, कस्तुरी, हिउँभालु लगायतलाई पात्र बनाइएको छ । पात्रहरूले बेहुली लिन जाँदा र ल्याउँदा देशैभरका सांस्कृतिक र धार्मिक महत्त्वका पर्यटकीय स्थलहरूको परिक्रमा गर्छन् ।


यसरी हेर्दा यो कथाले पूर्वसँग पश्चिमलाई र हिमालसँग तराईलाई जोडेको छ । लेखकले काँडे भ्याकुरका लागि उपयुक्त बेहुली अरुण उपत्यकामा नभेट्नु नै यसको लोप हुनु हो भनेर सङ्केत गरेका छन् । रातो पाण्डालाई लोकन्ती बनाउनुमा पनि त्यसकै संकेत रहेको लेखकले बताए ।


पुस्तकमा अरुण उपत्यकाका चराहरूको वर्णन, संखुवासभाको सांस्कृतिक वर्णन, सांस्कृतिक पोखरी र तीर्थस्थलहरूको वर्णन गरिएको छ । झण्डै १ सय पात्रहरूको प्रयोग गरिएको छ । यसमा संखुवासभासहित कर्णाली र राराको सुन्दरता बयान गरिएको लेखकले बताए । कथा संग्रहमा १५ वटा कथालाई समेटिएको छ ।


शनिबार पुस्तकको बारेमा परिचर्चा गरिएको छ । पुस्तकको पत्रकार महासंघको आयोजनामा परिचर्चा गरिएको हो । परिचर्चा कार्यक्रममा कृष्णबहादुर चापागाई, नवीन गुरुङ, डा.मातृका तिमल्सिनाले पुस्तकको बारेमा आफ्नो धारणा राखे । त्रिभुवन विश्वविद्यालय प्राज्ञसभा सदस्य टीकाराम गुरुङ लगायतले पुस्तक प्रकृतिवादी धरातलमा उभिएर लेखिएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?