२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मन्त्रीले गरे खाजा घर उद्घाटन !

मोरङ — प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा एक खाजा घरको उद्घाटन गरेका छन् । 

मन्त्रीले गरे खाजा घर उद्घाटन !

स्थानीय सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको मेन रोडस्थित सात घुम्तीमा सञ्चालन गरेको 'लाफिङ खाजा घर' को उद्घाटन गरेका हुन ।


यसअघि मन्त्री घिमिरेले पत्रकार सम्मेलन गरेर अब मन्त्रालयको बाहेकको कार्यक्रममा नजाने घोषणा गरेका थिए ।प्रदेश सरकारका मन्त्रीहरु यसरी नै दिनभर सामान्य कार्यक्रममा समय बिताउने गरेका छन् ।


उनले मन्त्रालयको योजना कार्यान्वयनका साथै अन्य कामकाज प्रभावित भइरहेकोले औपचारिक कार्यक्रममा नजाने घोषणा गरेका थिए । आफ्नै घोषणा विपरित उनले सामान्य खाजा पसलको समेत उद्घाटन गर्न भ्याएका छन् ।


खाजा घर सञ्चालिका ओझाले काठमाडौंमा चल्तिमा रहेको लाफिङ खाजा घरले दिने सेवा आफूहरुले विराटनगरवासीलाई दिने उद्देश्यले सञ्चालन गरेको बताइन् ।


मन्त्री घिमिरेले आफ्ना बहिनीहरुले सञ्चालन गरेको खाजा घर भएकोले प्रोत्साहन गर्नका लागि आफू व्यक्तिगत रुपमा गएको बताए । उक्त कार्यक्रम औपचारिक नभई व्यक्तिगत काम भएको उनको भनाई थियो ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?