१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रहरी हिरासतमा कोचाकोच

राजविराज — जिल्ला प्रहरी कार्यालय सप्तरीको थुनुवा कक्षमा बन्दीको संख्या क्षमताभन्दा बढी भएको छ  । विभिन्न अभियोगमा पक्राउ गरिएका थुनुवाको संख्या बढी भएपछि थप थुनुवा राख्न समस्या भएको हो  ।

जिल्ला प्रहरी कार्यालयमा एक महिला र तीनवटा पुरुषसहित चार वटा हिरासत कक्ष छ । प्रहरीको हिरासत कक्षमा ३५ जनासम्म राख्न सक्ने क्षमता भए पनि यतिबेला विभिन्न मुद्दामा अनुसन्धानका लागि सप्तरी प्रहरीको हिरासतमा ५५ जना राखिएका छन् ।

‘अब थप मानिस हिरासतमा राख्न सक्ने अवस्था छैन, थुनुवा थपिए वैकल्पिक व्यवस्था गर्नुपर्छ,’ प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले भने ।


सप्तरीमा पछिल्लो समय लागूऔषध र चोरी मुद्दाका आरोपमा पक्राउ परेका व्यक्ति हिरासत छन् । हिरासतको एउटा कक्षमा रातदिन १३ जनासम्म राख्न सक्ने क्षमता रहेकोमा २० जना सम्म राख्नु परेको छ । सप्तरीमा लागूऔषध कारोबार, अभद्र ब्यबहार, चोरी, सरकारी कागजात किर्ते मुद्दामा पक्राउ परेकाहरू हिरासतमा छन् ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?