हावाहुरीले ११ घर क्षति

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको धर्मदेवी नगरपालिकामा पानीसँगै एक्कासी आएको हावाहुरीले ११ घरमा क्षति पुर्‍याएको छ । हावाहुरीले करिव २ करोड बरावरको क्षति पुर्‍याएको धर्मदेवी नगरपालिकाले जनाएको छ ।

आइतबार राति आएको हावाहुरीले धर्मदेवी-३ तामाफोकका ओम जिमी, मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी, र सुर्यमान जिमीको घर पूर्ण क्षति भएको छ । अन्य ६ घरमा आंशिक क्षति पुर्‍याएको धर्मदेवीका प्रमुख रमेश जिमीले बताए ।

हावाहुरीले ५ जनाको घर बस्ने नहुने गरी भत्काएको र अन्य ६ जनाको घरको छानो उडाएको छ । असिना पानीले धर्मदेवी नगर क्षेत्रमा अलैंची, तरकालीबाली र नगदेवालीमा समेत क्षति पुर्‍याएको जिमीले बताए । हावाहुरी र असिना पानीले पुर्‍याएको क्षतिको विवरण नगरपालिका क्षेत्र भित्रका गाउँगाउँबाट आउने क्रम जारी छ । अहिलेसम्म घर, अलैंची, तरकारी लगायत नगदेवाली मकै, धान वालीमा करिव २ करोड बराबरको क्षति भएको अनुमान गरिएको उनले बताए । हावाहुरी पिडीतलाई सोमबार तत्काल बस्नकालागि नेपाल रेडक्रसले त्रिपाल, कम्मल र नगरपालिकाले राहत सामाग्री वितरण गरेको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?