अधिकृत नहुँदा नागरिकता बनाउन समस्या

भोजपुर — जिल्लाको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजारमा स्थित इलाका प्रशासन कार्यालयका अधिकृत समायोजन भएर अन्यत्र गएपछि स्थानीयबासी नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएका छन् ।षडानन्द नगरपालिकाको दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा कार्यरत शाखा अधिकृत विजय राई प्रदेश नम्बर १ मा समायोजन भएर पछि नागरिकता वितरणको कार्य बन्द भएको हो ।

राईका ठाउँमा पठाइएका अर्का कर्मचारीसमेत अन्यत्रै गएपछि थप समस्या देखिएको छ ।


इलाका प्रशासन कार्यालयमा अधिृकत नहुँदा नागरिकता लिन अहिले त्यस क्षेत्रका बासिन्दा जिल्ला प्रशासन कार्यालय भोजपुर आउने गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले बताए । उनले भने, ‘अधिकृत समायोजन भएर गएपछि समस्या भएको हो । कोहि अधिकृत दिङ्लामा गएर काम गर्न नचाहने भएकाले अझ समस्या बढेको छ । ’


स्थानीय स्तरबाट नै सर्वसाधारणले प्रशासनिक सेवा सुविधा पाउनुपर्नेमा उत्तरी क्षेत्रका बासिन्दा भने नागरिकता बनाउन सदरमुकाम आउन बाध्य बनेको विषयमा गृह मन्त्रालयमा पनि जानकारी गराइएको भट्टराईले बताए । दिङ्ला लगायत उत्तरी क्षेत्रका मानिसहरुको दैनिक १०/१५ वटा नागरिकता तथा राहदानीका लागि निवेदन आउने गरेको छ ।

प्रकाशित : वैशाख २१, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?