डुबेर दाजुभाईको मृत्यु

विराटनगर — सोलुखुम्बुको सोताङ गाउँपालिकाकामा दाजुभाइको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई छन् ।

शनिबार साँझ स्थानीय रोक खोलामा पाहा संकलन गर्न गएका उनीहरू अबेरसम्म घर र्फकेका थिएनन् । परिवार, गाउँले र प्रहरीको टोलीले खोजी गरेका थिए । खोजीका क्रममा आइतबार खोलाको दहमा उनीहरूलाई मृत फेला पारिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?