स्थानीय तहको आन्तरिक आय १ प्रतिशत

आनन्द गौतम

ताप्लेजुङ — स्थानीय सरकारले आफ्नो गाउँ तथा नगरपालिकामा आफैंले कर लगाउन सक्ने ब्यवस्था छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आन्तरिक आयको ब्यवस्थापन गर्नसक्छ । यो आय नगर तथा गाउँपालिकामै रहन्छ ।

त्यही ऐनअनुसार स्थानियतहले कुखुरा, बाख्रा, सुँगुर देखि घरसम्ममा कर लगाएका छन । तर केन्द्रिय अनुदानको तुलनामा स्थानिय तहको आन्तरिक आयभने एक प्रतिशतपनि छैन ।


एक नगरपालिका र आठ गाउँपालिका भएको जिल्लामा आर्थिक वर्ष २०७४/७५मा २ अर्व २४ करोड ४९ लाख ६२ हजार रुपैंया केन्द्रवाट अनुदान आएको थियो । तर नौवटा स्थानियतहको आम्दानी भने १ करोड ५९ लाख १२ हजार रुपैंयामात्रै भयो । प्रतिशतका आधारमा यो सुन्य दशमलव ७१ प्र्रतिशत हो । यस्लाइ महालेखा परिक्षकको प्रतिवेदनले पनि पुष्टि गरेको छ ।


फुङलिङ नगरपालिकाले मात्रै २ प्रतिशत आम्दानी गरेको छ । ४० करोड ६९ लाख ७५ हजार केन्द्रिय अनुदान पाएको नगरपालिको आफ्नो आम्दानीभने ८५ लाख ३२ हजार ६ सय ५६ रुपैंया छ । यो २.१ प्रतिशत हो । त्यसपछिको बढी आम्दानी मेरिङदेन गाउँपालिकाले गर्यो । २० करोड ८२ लाख रुपैंया केन्द्रिय अनुदान पाएको मेरिङदेनले १३ लाख ६० हजार ९१ रुपैंया आम्दानी गरेको छ ।


२० करोड ६७ लाख ७९ हजार अनुदान पाएको सिदिङवाले आफ्नो आम्दानी ४ लाख ९७ हजार ५६१ रुपैंया मात्रै भयो । सिरिजंघाले १० लाख ७ हजार गर्यो उस्ले केन्द्रवाट ३१ करोड १६ लाख पाएको थियो । सदरमुकाम फुङलिङसँग जोडिएको पाथीभरा याङवरकले पनि १३ लाख ८९ हजार ६ सय ४३ रुपैंयामात्रै उठाउन सक्यो । उस्ले २३ करोड ४५ लाख ६४ हजार अनुदान पाएको थियो ।


१९ करोड ५७ लाख ४० हजार अनुदान पाएको मैवाखोलाले ६ लाख १६ हजार उठायो । आठराई त्रिवेणीले १० लाख ९७ हजार ७ सय १७ रुपैंया आम्दानी गर्यो । उस्ले केन्द्रवाट २४ करोड १३ लाख ८८ हजार ८ सय ९० रुपैंया पाएको थियो ।


जिल्लाकै सबैभन्दा दुर्गम मानिएको मिक्वाखोलाले ७० हजार ५ सय ३३ रुपैंया उठायो । उसले केन्द्रवाट १७ करोड ९० लाख १३ हजार पाएको थियोभने भौगोलिक हिसावले जिल्लाको सबैभन्दाठुलो फक्तालुङ गाउँपालिकाले १३ लाख ३८ हजार ८ सय ९ रुपैंया उठायो ।


उसले २६ करोड ६ लाख १० हजार अनुदान रकम पाएको थियो । सरकारले स्थानिय तहलाइ मजवुत बनाउने उद्धेष्य लिएको भएपनि आन्तरिक आय कमजोर भएकाले मलेपको प्रतिवेदनले आयको दायरा फराकिलो पार्न सुझाव दिएको छ ।


फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल स्थानिय सरकार सञ्चालनको अभ्यासमा रहेकाले यत्रतत्र कर लगाउन नसकिएको र उद्योगधन्दा नभएकाले धेरै आम्दानी हुन नसकेको बताउँछन । अवभने नगरपालिका उद्योगधन्दा स्थापना गर्न लागिरहेको उनले बताए ।


‘जनतालाई स–सानो बिषयमा कर लगाउने भन्दापनि उद्योगहरू स्थापना गर्ने कुरामा लागेका छौं,’ प्याकुरेलले भने, त्यसवाट आउनेआयलाइ मुख्य आम्दानीको स्रोत बनाइने छ । गाउँपालिकाको योजनापनि यस्तै रहेको छ । सिरिजंघा गाउँपालिकाका प्रमुख टिका गुरुङले भने, ‘अहिलेनै कर लगाउँदा जेमा पनि कर लगायो भन्ने आरोप आयो । उद्योगधन्दा, कलकारखाना केहीपनि थिएन र छैनपनि । अनि आम्दानी हुने त कुरै भएन नी ।’


अबभने गाउँपालिका भित्रका नदी तथा खोलावाट बिद्युत उत्पादन भइरहेको र ब्यवसायिक पशुपालन लगायतका ब्यवसायिहरू बडैजाँदा आम्दानीको दर बड्ने उनले वताए ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?