कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकासी बढ्दा अम्रिसोको भाउ दोब्बर

प्रदीप मेन्याङ्बो

सुनसरी — भारतीय बजारमा माग बढेसँगै गत वर्षको तुलनामा अम्रिसोको मुल्य ११५ प्रतिशत बढेको छ । गत वर्षको तुलनमा यो वर्ष कोसी करिडोरका पहाडी भेगमा भने अम्रिसो (कुचो) को उत्पादन ३० प्रतिशतले कमी आएको छ । 

निकासी बढ्दा अम्रिसोको भाउ दोब्बर

पूर्वी पहाडमा उत्पादित अम्रिसोका कुचोमध्ये १० प्रतिशत मात्र स्थानीय बजारमा खपत हुन्छ । बाँकी ९० प्रतिशत सवै भारतीय बजारमा निर्यात हुने गरेको छ ।

यो बर्ष करिव ३० लाख रुपैयाको अम्रिसोको कारोवार गरेका कृषी उपज बजारका व्यापारी बेलेन्द्र राईले भने, ‘यो बर्ष कुचोबाट नसोचेको फाइदा भयो । यो फाइदा किसान र व्यापारीलाई भएको छ । नेपालको अम्रिसोको माग भारतीय बजारका उपभोक्ताको मागमा भर पर्छ ।’

गतमाघमा कुचोको सिजन सरु भएको बेला प्रतिकिलो ३० रुपैया देखि ३२ रुपैयामात्र थियो । पहाडमा पानी कम परेकाले उत्पादन पनि कम र मुल्य पनि कम भएपछि किसानहरू निकै निराश थिए । धरानस्थित कृषी उपज बजार व्यबस्थापक लक्ष्मण भट्टराईले भने, ‘तर भारतीय बजारमा यसको माग बढेसंगै चैतमहिनाबाट मूल्य हात्तै बढेर प्रति किलो ७० रुपैया सम्म पुगेकाले कृषक र व्यापारी हर्षित छन् ।’

भट्टराईका अनुसार यस बर्ष धरानको कृषि बजारमा अम्रिसो कूचोको होलसेल कारोवार ३० करोड रुपैया बराबरको ४ हजार ५ सय मेट्रिक टन हुने अनुमान गरिएको छ । हालसम्म करिब ३ हजार ५ सय मेट्रिक टन कुचोको कारोवार भइसकेको भट्टराईले बताए ।

गतबर्ष ४ हजार २ सय ६० मेट्रिक टन कारोबार हुदा औसत मुल्य प्रतिकिलो ३० रुपैयामात्र भएकाले १४ करोड रुपैया बराबरकोमात्र कारोबार भएको थियो । अघिल्लो बर्ष १८ करोड रुपैया बराबरको कुचोको कारोबार भएको थियो । कोशी करिडोरका पहाडी जिल्लाहरू सुनसरीको बिष्णुपादुका, मोरको उत्तरी क्षेत्र, धनकुटा, तेह्रथूम, भोजपुर, संखुवासभा र खोटाङ्ग, उदयपुर, पाचथरबाट धरानको कृषी उपज बजारमा विक्रिकालागि कुचो ल्याउने गरिएको छ ।

अम्रिसो किसान र व्यापारीले बर्षमा कम्तिमा ६० करोड रुपैया बिदेशि रकम भित्रने सम्भावना देखिएको बताए ।

हालसम्म किसानहरूले घर आसपासका डिल, कान्लाहरूमा अरु खेतीसंगै अम्रिसो खेती परम्परागत रुपमा गर्दै आएका छन् ।

नेपालमा उत्पादनको १० प्रतिशतमात्र खपत हुने भएकाले कुनै पनि बेला भारतले अदुवा रोके जस्तै नेपालको अम्रिसो आयात निर्यातमा रोकिदिन सक्ने भय र त्रासकावीच किसानहरू अनुमानकै भरमा खेती गर्दै आएका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?