कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महिलामैत्री कृषि हाटबजार

तेह्रथुम — मोराहाङ बजारमा महिलामैत्री कृषि हाटबजार स्थल निर्माण भएपछि गाउँभरिका कृषक महिलालाई आफूले उत्पादन गरेको कृषि उपज बिक्रीका लागि सजिलो भएको छ । 

महिलामैत्री कृषि हाटबजार

यसको निर्माण महिलाको सक्रियतामा भएको हो । यहाँ महिलाहरूले उत्पादन गरेका कृषि उपज बिक्री गरिन्छ ।


युरोपियन कमिसनको सहयोगमा यो हाट बनेको हो । मोराहाङको देउराली सोसाइटी महिला समूहको सहजीकरणमा २ वर्षअघि महिलाहरूकै अगुवाइमा मोराहाङ कृषि उपज बजार सञ्चालक समिति गठन भयो । समितिको नेतृत्व स्थानीय शान्तिला खापुङले गरेकी थिइन् । ९ जना समिति सदस्यमध्ये सात जना सदस्य महिलाहरू नै छन् । ४ लाख ३८ हजारको लागतमा टहरा निर्माण भएको समिति कोषाध्यक्ष्ा प्रेमलता गौतमले बताइन् । त्यसका लागि २ लाख तत्कालीन जिल्ला कृषि विकास कार्यालय, १ लाख २० हजार रुपैयाँ देउराली सोसाइटी र नपुग बाँकी रकम मोराहाङबासीले सहायोग जुटाएका थिए ।


महिलाहरूकै अगुवाइमा गठन भएको समिति कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयमा दर्ता भएको छ । समिति दर्तापछि कृषि विकास कार्यालयबाट पनि महिलाहरूले समय समयमा आवश्यक सरसल्लाह पाइरहेका छन् । महिला किसान र उनीहरूले उत्पादन गरेको कृषि उत्पादनलाई लक्षित गरी निर्माण गरीएको टहरामा पछिल्लो समय पुरुष किसान र व्यापारीले समेत आफ्नो कृषि उत्पादन ल्याएर विक्री गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्राविधिक रामजुगन यादबले बताए । टहरा निर्माण भएपछि पानी पर्दा र चर्को घाम लाग्दा समेत आफ्नो उत्पादन विक्री गर्न आफु जस्ता धेरै किसानलाई सजिलो भएको मेन्छ्यायाम गाउँपालिका ४ की कृषक उमादेवी भटराईले वताईन् ।


कृषि उपजको बजार मूल्यमा एकरूपता कायम राख्न समितिले प्रत्येक हप्ता कृषि उपजको वजारमा विक्री मूल्य तोकेर त्यही रहेको सूचना पार्टीमा टाँस गर्छ । यसरी कृषि उपजको मूल्य तोकेर सार्वजनिक स्थानमा टाँस गर्ने शैली जिल्लामै पहिलो पटक यहाँको कृषि उपज हाटबजार सञ्चालक समितिले गरेको हो । सवैले देख्ने गरी कृषि उपजको बजार मूल्य निर्धारण गर्दा कुनै पनि किसान र उपभोक्ता मर्कामा नपर्ने र आर्थिक पारदर्शिता समेत बढेर जाने समिति अध्यक्ष खापुङले बताइन् ।

प्रकाशित : वैशाख ४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?