कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जिप दुर्घटनामा एकको मृत्यु, १० घाइते

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १० जना घाइेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार साेमबार राति कटारीबजारबाट मुरमे गइरहेको स१ज ५०६ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो।


दुर्घटनामा उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परिवारको मृत्यु भएको राईले बताए । जिपमा सवार तीनजना गम्भीर घाइते भएको र अन्य सामान्य घाइते रहेकाे राईले जानकारी दिए। उकालोमा भार तान्न नसकेर जिप सडकबाट झण्डै तीनसय मिटर तल खसेको स्थानीयले बताए।

प्रकाशित : वैशाख ३, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?