कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बासस्थान अतिक्रमणपछि बस्ती छिरे बाँदर

डिल्लीराम खतिवडा

उदयपुर — बासस्थान मासिँदै जाँदा बाँदरहरू गाऊँबस्ती छिर्ने क्रम बढेको छ । वन अतित्रमणका कारण बासस्थानसँगै खानासमेत अभाव हुँदा बाँदर संकटमा परेका छन् । जंगल मासिँदा बाँदरले खाने जगली फलफूल पाउन छाडेका छन् । बास र खाना अभावका कारण बाँदर मानव बस्तीमा पसेर उपद्रो मच्चाउने गरेका छन् ।

बासस्थान अतिक्रमणपछि बस्ती छिरे बाँदर

‘बाँदर बस्दै आएको जंगल क्षेक्र मानिसले अतित्रमण गरिरहेका छन्,’ चौदण्डीगढी नगरपालिका ६ सिर्वानीका नरमान कामीले भने, ‘त्यसैले बाँदरलाई जंगलमा बस्न र खान समस्या भएपछि बस्ती पस्ने गरेका छन ।’ बस्तीमा पसेर खाना खोज्दा उपद्रो मच्चाए पनि मानिसले जंगल अतिक्रमण गरेर बाँदर समस्यामा परेको नबुझा समस्या भएको उनले बताए ।


बाँदर अग्ला अग्ला रूख भएको जंगलमा बस्छ । आँप, बरपीपल, जामुनजस्ता फल फल्ने रूख भएको घना जगल बाँदरको बासस्थान हो । बादरलाई बरपीपलको फल मनपर्ने वन्यजन्तुका जानकार बताउँछन् । पछिल्लो समय जंगली आँप र बरपीपल चौतारीसंगै जगलमा पाइने बरपीपलसमेत मासिँदै गएका छन् । त्यसैले पनि बाँदरको भविष्य संकटमा पर्दै गएको कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका सहायक वार्डेनसमेत रहेका सूचना अधिकारी गणेश तिवारीले बताए ।


‘जंगलमा फल फल्ने बरपीपल, आँप जस्ता रूख मासिँदै जाँदा बाँदर संकटमा परेको हो,’ सहायक वार्डेन तिवारीले भने, ‘बाँदर जंगली फलफूलसँगै रूखमा पलाएको हरियो मुना र पात खाएर बाँच्छ । ’तर अहिले त्यस्तो रूख बिरुवा मासिँदै जाँदा बाँदरलाई समस्या भएको उनले बताए ।


फछिल्लो समय वन अतिक्रमण हुने त्रम बढदै गएको छ । उदयपुरको १ लाख २० हजार ७ सय ५ हेक्टर वन क्षेत्रमध्ये १० हजार हेक्टरभन्दा बढी वन क्षेक्र अतित्रमण भएको छ । यो नै प्रदेश १ को सबैभन्दा बढी वन अतिक्रमण हुने जिल्लामा पहिलो हो । त्यसैले पनि यहाँ बाँदरलगायत अन्य जगंली जनवार संकटमा पर्दै गएका छन् ।


वन अतिक्रमणले सबैभन्दा बढी असार चुरे र आसपासको क्षेत्रमा पारेको छ । त्यसैले चुरेको माथिल्लो क्षेत्रमा पानीको स्रोत समेत सुक्दै गएपछि बाँदर लगायतका जंगली जनवार मानवबस्ती नजिकै आउने गरेको सामुदायिक वन उपभोक्ता महासंघका नरबहादर खडकाले बताए ।


‘जंगलमा लाग्ने डढेलो, पानीको स्रोत सुक्दै जाँदा र वन अतिक्रणले गर्दा बाँदरलगायत जंगली जनवार संकटमा पर्दै गए,’ महासंघका खडकाले भने, ‘जंगलमा गुजारा गर्ने अवस्था नभएपछि गाउँघर नजिकै आउँदा मानिसले आक्रमण गरेपछि जगली जनवार पनि आक्रामक हुँदै गएका छन् ।’ त्यसै पनि पछिल्लो समय मानवबस्तीमा उपद्रो मच्चाउने गर्ने गरेका उनले बताए ।


यता डिभिजन वन कार्यालय उदयपुरले बाँदर नियन्त्रण कार्ययोजनै बनाएको छ । ‘बाँदरको समूहले गाउँबस्तीमा पसेर बालीनाली नोक्सानी गरेपछि कार्य योजना नै बनाउनु परेको हो,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले वताए भने, ‘बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाका केही वडा बाँदरबाट प्रभावित भएपछि कार्ययोजना बनाएरै अगाडि बढाइएको हो ।’ यसरी बनाएको कार्य योजनाअनुसार काम गर्न ९ लाख रुपैयाँ खर्च हुने भएकोले प्रदेश सरकारसँग रकम माग गरिएको उनले बताए ।


बेलका, चौदण्डीगढी र त्रियुगा नरपालिका क्षेत्रमा करिब १ हजार २ सयको संख्यामा बाँदर रहेको सहायक वन अधिकृत साहले बताए । तर वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा २०६९ दोस्रो संशोधन २०७४ मा बाँदरले हुने क्षतिको राहत दिने विषयमा भने उल्लेख छैन ।

प्रकाशित : चैत्र २९, २०७५ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?