कटारीमा शंकास्पद वस्तु
उदयपुर — उदयपुरको कटारी नगरपालिका-२ देवीधापस्थित सडकमा बम राखिएको छ । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएकाे छ ।
मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिवम मल्टिपर्स प्रालिको गेट अगाडि शंकास्पद वस्तु राखिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए ।सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको टोली उक्त वस्तु भएकाे स्थानमा जाँदै गरेकाे छ ।
यसैबीचमा नेकपाले आव्हान गरेकाे बन्दको कारण आज उदयपुरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सदरमुकाम गाईघाट लगाइत कटारी, वेल्टार, रामपुर लगायतका स्थानबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:२३