भीषण आगलागी गाउँ पस्यो, ६ परिवारको घर गोठ जले अझै नियन्त्रणमा आएन

कुम्भराज राई

ओखलढुंगा — यहाँको सिद्धिचरण नगरपालिका-२ चुहानछापमा नजिककै जंगलबाट सुरु भएको डढेलो गाउँ पसेपछि छ परिवारको घरगोठ जलेको छ । ठूलो हावाहुरी बढ्दै गएपछि गाउँमा आगो लाग्न थालेको हो । पानीको अभाव र बतासको कारण हालसम्म आगो नियन्त्रणमा आउन नसकेको प्रत्यक्षदर्शी गेजराज श्रेष्ठले बताए ।

भीषण आगलागी गाउँ पस्यो, ६ परिवारको घर गोठ जले अझै नियन्त्रणमा आएन

सेना, प्रहरी र स्थानीय लगायतले निरन्तर प्रयास गरेपनि नियन्त्रणमा ल्याउन गाह्रो भएको हो । 'एकातिर निभाउन जाँदा अर्कोतिर घर जलिसकेको अवस्था छ,' प्रत्यक्षदर्शी श्रेष्ठले भने, 'केही गर्दा नियन्त्रण होला जस्तो छैन ।' गाईवस्तु र मानवीय क्षति नभएपनि घरभित्रको कुनै सामान निकाल्न नसकिएको गाउँलेको भनाइ छ ।


जिल्ला प्रहरीका प्रहरी निरिक्षक राजीव श्रेष्ठका अनुसार आगलागी केही नियन्त्रणमा आइसकेपनि पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

प्रकाशित : फाल्गुन २८, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?