कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

रासस

पाँचथर — शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो ।

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिस गरिएको छ ।


पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठजना घाइते भएका छन् ।


स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिस घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।


त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ परी त्यसको झटकाले शरीरको विभिन्न भागमा चोट लागि जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात घर फर्किएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?