१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धरानमा सेनाका एक जवानको बेवारिसे शव फेला

सुनसरी — धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिम्तर्फको सानो गेट बाहिर नेपाली सेनाका एक जवानको शव फेला परेको छ । 

प्रहरीले दिएको जानकारीअनुसार उक्त शव धरान–१७ घर भएका २४ वर्षीय कुमार परियारको हो । बेवारिसे अवस्थामा फेला परेको परियारको शवबारे इलाका प्रहरी कार्यालयका टोलीले अनुसन्धान सुरु गरेको छ ।


उनी आइतबार धनकुटास्थित सेनाको बाहिनीमा जाने भनेर घरबाट निस्केको जानकारी प्राप्त भएको धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए । दुईवर्ष अघि नेपाली सेनामा भर्ती भएका परियार केही साताको तालिमका लागि धरानस्थित फुश्रे आर्मी क्याम्पमा आएका थिए ।


त्यहाँ तालिम सकेर एकदिनका लागि घर आएर आफ्नो कार्यक्षेत्रमा फर्केको अवस्थामा परियारलाई मृत अवस्थामा फेला परेको बारे नेपाली सेनालाई जानकारी दिइसकेको प्रहरीले जनाएको छ ।


डिएसपी तिम्सिनाले भने, ‘शवको प्रकृति हेर्दा कतै घाउ चोट देखिएको छैन । पोस्टमार्टम रिपोर्टबाट मात्र मृत्युको कारण खुल्न सक्छ ।’

प्रकाशित : माघ २८, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?