कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ 

वेदराज पौडेल

इनरुवा — दुहवी नगरपालिका ९ छातावेलीका व्यावसायी फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहका चार अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ 

रिसइवी र आर्थिक लेनदेन नमिलेपछि फिदाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विसम्बर यादव, त्यस्तै छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गरी सार्वजनिक गरिएको छ । अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने क्रममा रहेको छ ।


प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, गोली २ राउन्ड र चक्कु एकथान बरामद गरेको छ । घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि हतियार खनेर लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।


प्रभात भ्रमणका बेला फिदालाई मंसिर ५ गते विहान सात बजे जयबाबा इटाभट्टा जाने सुनसरी मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो । मोटरसाइकलमा आएका एक व्यक्तिले गोली प्रहार गरी भागेका थिए । फिदाको घटनास्थलमै मृत्यु भएको थियो । हत्याका अभियुक्त पक्राउ गर्नु पर्ने र फिदालाई सहिद घोषणा गर्नु पर्ने माग राखी उनको शव नै सडकमा राखेर दुहवीवासीले आन्दोलन गरेका थिए ।

प्रकाशित : पुस २६, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?