२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सशस्त्र प्रहरी नायब उपरीक्षकमाथि काठ दुरुपयोगको मुद्दा

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सङ्खुवासभामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षकमाथि काठ दुरुपयोगको मुद्दा

आयोगका अनुसार सामुदायिक वनको काठ दुरुपयोग गरी बेचेको अभियोगमा रु एक लाख चार हजार १३६ बराबरको बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


आयोगका अनुसार विना इजाजत सरकारी सवारी साधनको प्रयोग गरी अन्दाजी १०० क्युफिट बराबरको १८४ थान सालको चिरान काठ प्रहरी नायब उपरीक्षक भण्डारीले अरुण गुल्मको भौतिक संचरना निर्माणका लागि भन्दै स्थानीय आहाले सिस्ने सामुदायिक वनबाट प्राप्त गरेको देखिएको छ । गुल्मको भौतिक संरचना निर्माण गर्न उपलब्ध गराएको काठ धरान पठाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित : मंसिर २१, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?