कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

भूकम्पपछिको चौथो जाडो पनि टहरामै

ओखलढुंगा — चिसंखुगढी गाउँपालिका ५ पाखेको श्रीकुश्माण्ड आधारभूत विद्यालयमा तीन वर्षदेखि त्रिपाल र बाँसको टहरामै पढाइ हुँदै आएको छ । ०७२ को भूकम्पमा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरू टहरामै पढ्न बाध्य भएका हुन् ।

भूकम्पपछिको चौथो जाडो पनि टहरामै

विद्यालय पुनर्निर्माणका लागि बजेट प्राप्त भए पनि काम ढिलो हुँदा भूकम्पपछिको चौथो जाडोमा समेत विद्यार्थी टहरामै पढ्न बाध्य छन् । ‘घाम लागेका बेला बाहिर राखेर पढाउँछौँ’ विद्यालयकी प्रधानाध्यापक इन्दिरा भट्टराईले भनिन्, ‘अब एक डेढ महिनामा चाहिँ नयाँ भवन बन्ला कि भन्ने आशा लागेको छ ।’


भवन निर्माणका लागि ३० लाख ५७ हजार बजेट प्राप्त भएको छ । फलामको ट्रस जोडेर भूकम्प प्रतिरोधी बनाउने तयारीसमेत भइसकेको छ । दुर्गम ठाउँ सामान ढुवानीको समस्याका कारण भवन निर्माण गर्न ढिलो भएको भट्टराईले बताइन् । टहरामा पढाई सञ्चालन गर्दा सबैभन्दा बढी समस्या साना कक्षाका केटाकेटीलाई हुने गर्छ ।


पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा ३९ विद्यार्थी छन् । बालकक्षामै १२ जना केटाकेटी पढ्छन् । भूकम्पले पाँच कोठे भवन पूर्णरूपमा क्षति पुर्‍याएको थियो । जेनतेन दुई कोठे भवन भूकम्पबाट बचेको भए पनि एउटा कोठामा कार्यालय र अर्कोमा एउटा कक्षा कोठा सञ्चालन गरिएको छ ।

प्रकाशित : मंसिर १९, २०७५ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?