२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अध्यक्ष पिट्ने शिक्षिकाले क्षतिपूर्ति तिरिन्

कान्तिपुर संवाददाता

ओखलढुंगा — सुनकोसी गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालय सिस्नेरीको व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गर्ने शिक्षिकाले क्षतिपूर्ति तिरेकी छन् ।

अध्यक्ष पिट्ने शिक्षिकाले क्षतिपूर्ति तिरिन्

उक्त विद्यालयकी शिक्षिका देवकुमारी कटवालले अध्यक्षलाई उपचार खर्चबापत ४ हजार २ सय रुपैयाँ तिरेकी हुन् ।


उनले व्यवस्थापन समितिको बैठकमै भएको विवादमा अध्यक्ष नवराज खडकामाथि हातपात गरेकी थिइन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलमा प्रधानाध्यापकले राजीनामा गर्ने र शिक्षिका कटवालले उपचार खर्च दिने सहमति भएको हो ।


विद्यालयमा पर्व बिदा लगायतका विषयमा निर्णय गर्न बैठक बोलाउँदा प्रधानाध्यापक शिव दाहालले कटवाललाई निमित्त प्रमुख दिएर अनुपस्थित भएपछि विवाद सुरु भएको थियो । निमित्त प्रअ कटवालले बैठकको निर्णय पुस्तिका नदिँदा विवाद भएपछि अध्यक्ष खडकामाथि कुटपिट गरेकी थिइन् ।


प्रजिअ मेनुका न्यौपानेको उपस्थितिमा भएको छलफलमा शिक्षिकाले उपचार खर्च व्यहोर्ने तथा प्रअ हटाएर अभिभावक भेलाबाट नयाँ प्रअ चयन गर्ने सहमति भएको छ ।

प्रकाशित : कार्तिक ९, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?