गोठमा बेवारिसे शिशु भेटियो

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका–८ दोखु सिरान गाँउको एक गोठमा बेवारिस शिशु फेला परेको छ । शनिबार बिहान महिलाले लगाउने लुङ्गी र बर्कोले पोको पारेर घाँसमाथि राखेको अवस्थामा शिशु फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काशीनाथ रेग्मीले बताए ।

गोठमा बेवारिसे शिशु भेटियो

रेग्मीकाअनुसार ती शिशु नरबहादुर गुरुङको गोठ छेउमा भेटिएका हुन् । स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरेपछि प्रहरी र स्थानीयले विमानस्थलसम्म ल्याएका थिए । प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले आफ्नै गाडि पठाएर सुकेटार देखि उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । शिशुको अवस्था सामान्य जस्तो देखिएको प्रहरीले जनाएको छ ।


बालक भेटिएको स्थल सुकेटार विमानस्थल देखि आधा घण्टाको दुरीमा पर्छ । शिशु जन्मेको तीन/चार दिन भएको हुनसक्ने अनुमान गरिएको छ । बच्चा कस्ले छोडेकाे भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : आश्विन २०, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?