कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रदेश १ मा मनाइयो संविधान दिवस

वेदराज पौडेल

काठमाडौँ — संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा प्रदेश १ मा भव्यरुपमा मनाइएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरको सहिद रंगशालामा प्रदेश प्रमुख डा.गोविन्द तुम्वाहाङ तथा मुख्यमन्त्री शेरधन राईको आतिथ्य संविधान दिवस मनाइयो । विभिन्न विद्यालयका विद्यार्थी, विभिन्न जातजातीका झाँकी तथा नृत्य प्रस्तुत गरिए ।

प्रदेश १ मा मनाइयो संविधान दिवस
प्रदेश १ मा मनाइयो संविधान दिवस

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले कवाज प्रदर्शन गरे । कार्यक्रममा विभिन्न दलका नेता तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजीव कोइराला कार्यक्रममा सहभागी थिए । त्यस्तै प्रदेश सभा सदस्य, मुख्य न्यायधीश लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । प्रदेशका १४ वटै जिल्लामा जिल्ला स्तरका र नगरपालिका तथा गाउ पालिकामा समेत विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ ।

प्रदेश १ मा मनाइयो संविधान दिवस

यसैबीच मुख्यमन्त्री शेरधन राईले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना दिएका छन् ।

प्रदेश १ मा मनाइयो संविधान दिवस

नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्न गर्नु पर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचन भई तीनवटै तहका सरकार सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्दै संवैधानिक र कानूनी व्यवस्था एंव लोकतन्त्रका संरचनालाई थप संस्थागत र सृदृढ गरेर लैजाने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश १ मा मनाइयो संविधान दिवस

नेपाली जनताबाट जारी संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश १ मा मनाइयो संविधान दिवस

आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली संकल्पित हुने उनको विश्वास छ ।

प्रदेश १ मा मनाइयो संविधान दिवस

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दे समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री राईले राजनीतिक संक्रमणकाल समाप्त भएको वर्तमान अबस्थामा कृषिको आधुनिकीकरण, पर्यटन, वातावरण संरक्षण, पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रर्वद्धनमा प्रदेश सरकार केन्द्रित रहेको उल्लेख गरेका छन् ।

प्रदेश १ मा मनाइयो संविधान दिवस

प्रदेश १ मा मनाइयो संविधान दिवस

प्रदेश १ मा मनाइयो संविधान दिवस

प्रदेश १ मा मनाइयो संविधान दिवस

प्रदेश १ मा मनाइयो संविधान दिवस

प्रदेश १ मा मनाइयो संविधान दिवस

प्रकाशित : आश्विन ३, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?