१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साहित्यकार पलिखे रहेनन्

प्रदीप मेन्याङ्बो

सुनसरी — शिक्षण पेशा गर्दै कथा, कविता, संस्मण, मुक्तक र निवन्धमा कलम चलाएर वेग्लै परिचय बनाएका साहित्यकार बद्रीमोहन पलिखेको मंगलबार निधन भएको छ । धरानमा २००९ साल जेठ ३० गते जन्मिएका पलिखे तीन वर्षअघिमात्र शिक्षण पेशाबाट अवकास लिएका थिए ।

साहित्यकार पलिखे रहेनन्

उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा ६६ वर्षको उमेर निधन भएको हो ।


पब्लिक हाइस्कुलमा लामो समय अध्यापन गरेका उनको विभिन्न कविता संग्रहका साथै पुस्तक प्रकाशित छन् । धरान–९ आचार्यलाइनमा परिवारसहित बस्दै आएका पलिखे मुटुका रोगी थिए । मोती संस्मरण समिति र सुनसरी साहित्य प्रतिष्ठानमा लामो समयसम्म पुर्वको साहित्यिक माहौलको नेतृत्व गरेका पलिखेले बाचुन्जेल विद्यार्थी पढाए । फुर्सदमा दर्जन बढी कृतिहरु नेपाली साहित्यकालागि छाडेर गए ।


साहित्यिक समन्वय समितिको सभापति भइसकेकाका पलिखेले कविता मुक्तक संग्रहहरु कालचक्र, मौन अनुहार, समयको प्रतिबिम्ब, मन्जुरीनामा, शान्तिदुत, लघु कथा संग्रह मनस्थिति, संस्मरण केही आकृति केही अनभूति, नियात्रा यात्रा गोलार्ध, खोज सुनसरीका प्रतिभाहरू लगायत दर्जन कृति प्रकाशित छन् । निरङ्कश राजतन्त्रविरुद्ध कवि पलिखेले निरङ्कुश राजा, राजतन्त्र र बाक्लो खरानी घसेका राजावादीप्रति आफ्ना कवितामार्फत तीखो व्यङ्ग्य, आक्रोश पोखे ।


रोगले अधिक च्यापेपछि साहित्यिक कार्यक्रमा कमै सहभागी हुँदै आएका पलिखे ०४५ साल भदौ ५ गतेको भूकम्पपछि भूकम्प पीडितकालागि ऋण मिनाहा संघर्ष समितिका महासचिव समेत बने । उनले भन्दैआएका थिए, ‘सरकारले ०४५ सालका भूकम्प पीडितको ऋण मिनाहा गरेपनि ऋण तिरिसकेका केही धरानवासीले अझैसम्म पैसा फिर्ता पाएका छैनन् । ऋण तिरिसकेका भूकम्प पीडितको पैसा सरकारले फिर्ता गर्नुपर्छ भन्ने हाम्रो आन्दोलन अहिले पनि जारी छ ।’ स्वर्गीय पलिखेका तीन छोरी र एक श्रीमति छन् ।


प्रकाशित : आश्विन २, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?