१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आलुमा आत्मनिर्भर

तेह्रथुम — हिउँदे र वर्षे आलु उत्पादनमा तेह्रथुम आत्मनिर्भर हुँदै गएको छ । उत्पादनले स्थानीय उपभोक्ताको माग पूरा गरेर अन्यत्र पनि उल्लेख्य परिमाणमा निकासी हुने गरेको छ ।

आलुमा आत्मनिर्भर

कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा ६८ करोड ५१ लाख बढीको आलु निर्यात भएको छ । कार्यालयका अनुसार चालु आवमा जिल्लामा ३४ हजार २ सय ५५ मेट्रिकटन आलु उत्पादन भएको छ ।

आलु उत्पादनमा पछिल्ला वर्षमा तेह्रथुम आत्मनिर्भर वन्दै गएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । अघिल्ला वर्षहरूमा हिउँदका केही महिना पूर्वी तराई, भारत र भुटानका आलु भित्रने गरेकामा अब स्थानीय उत्पादन नै प्रशस्त्र भएको उनले बताए ।

कृषि अनुसन्धान केन्द्र पाख्रीवासले तेह्रथुम सहित कोसी पहाडका जिल्लाका किसानलाई आलु खेतीमा सघाउने गरेको छ । गुणस्तरीय बिउ, रोग अवरोधक जातको सिफारिस, जातीय शुद्धता, भौगोलिक अवस्थाअनुसार जातको छनौटलगायत काममा किसानलाई सहयोग गरिरहेको छ ।

कृषि विकास कार्यलयले पनि आलु खेती गर्ने किसानका खेतबारीमै पुगेर रोग अवरोधक र बढी उत्पादन दिने जातहरू खुमल रातो २, खुमल सेतो १, जनकदेव, आइपीवाई ८ र खुमल लक्ष्मी जातका आलु रोप्न किसानलाई प्रोत्साहित गर्ने गरेको छ । ०७०/७१ मा २ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरिएकोमा आव ०७४/७५ मा क्षेत्रफल वढेर २ हजार ९ सय हेक्टर पुगेको कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?