कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिद्धिचरण राजर्माग अवरुद्ध 

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकर्मागको कटारी घुर्मी खण्ड अवरुद्ध भएको छ । दुई दिनयताको वर्षातसँगै लोकमार्गको कटारी नगरपालिका–८ शिरिशेमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

सिद्धिचरण राजर्माग अवरुद्ध 

वर्षात्‌का कारण माथिबाट झरेको पहिरोले सडक अवरुद्ध गरेको छ । लोकमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुदाँ कटारी भएर माथिल्लो सगरमाथाका सोलु, ओखलढुगां र खोटाङ हिडेका यात्रु कटारी मै रोकिएका छन् ।


त्यसैगरी सोलु, ओखलढुगा र खोटाङबाट तराईका बिभिन्न भाग हिडेका यात्रु घुर्मी, गहुबाँरी, वेतेनीलगायका स्थानमा अलपत्र परेको कटारी नगरपालिका–११ का वडाध्यक्ष दिपक बुढाथोकीले बताए । पहिरो हटाउने काम भइरहे पनि फेरि बर्षात् भएकोले समस्या भएको वडाध्यक्ष बुढाथोकीले बताए ।


अवरुद्ध सडक साझसम्म संचालनमा ल्याउने प्रयास भइरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीका अनुसार सडक डिभिजन सडक कार्यालय, नगरपालिका र स्थानीयको सहयोगमा अवरुद्ध सडक खोल्ने काम भइरहेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?