३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै पक्राउ

काठमाडौँ — मोरङको उर्लाबारीमा बालिकालाई अपहरण गरेर लैजादै गर्दा एक जनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । 

बालिकालाई अपहरण गरेर लैजाँदा लैजादै पक्राउ

सोमबार साँझ उर्लाबारी–६ जनपथ चोकमा साथीहरुसँग खोलिरहेकी ४ वर्षीया कृतिका घिमिरेलाई अपहरण गर्न खोज्ने दमक–८ घर बताउने गोपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले कार्कीलाई सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना अनुसार बालिकाका बाबु कमल घिमिरेले अपहरणको उजूरी दिएपछि घटनाबारे छानबिन सुरु गरिएको बताए । उनका अनुसार पक्राउ परेका कार्कीले बालिकालाई दुई सय मिटर टाढा पुर्‍याएका थिए ।


कार्कीले दमक घर बताएपनि भारतको आछाम राज्यको तीनसकिया जिल्लाको भारतीय आइडी कार्ड फेला परेको प्रहरी निरीक्षक तिम्सिनाले कान्तिपुरलाई जानकारी दिए । सोधपुछका क्रममा कार्कीले ती बालिका आफ्नो भान्जी भएको बताएको प्रहरीले जनाएको छ ।


कार्कीको हाउभाउ र बोलीचालीबाट शंका गर्ने ठाँउ भएकाले घटनालाई गम्भीर रुपमा लिएको प्रहरी निरीक्षक तिमल्सिना बताए ।

प्रकाशित : भाद्र १२, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?