कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भरुवा बन्दुकले लागेर मृत्यु

संखुवासभा — भरुवा बन्दुकले लागेर मादीमा एक जनाको ज्यान गएको छ । आइतबार बेलुका मादी नगरपालिका ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुक पडकँदा ज्यान गएको हो ।

भरुवा बन्दुकले लागेर मृत्यु

एक थान भरुवा बन्दुकसहित तामाङको शव मादी नगरपालिका वडा नम्बर.–९ फाबिङमा रहेको जंगलमा सोमबार भेटिएको प्रहरीले जनाएको छ । मृतक हस्तबहादुर जंगलमा सिकार खेल्न गएका थिए ।


हस्तबहादुर सँगै भाइ रत्नबहादुर तामाङ र छिमेकी कृष्णबहादुर तामाङ पनि सिकार खेल्न गएका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।


उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, २ ओटा नाल र भरुवा बन्दुकमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीका रूपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?