कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

आनन्द गौतम

ताप्लेजुङ — विश्व आदिवासी दिवसको अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् । 

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

गृह मन्त्रालयले बिदाको सूचना नपठाएपछि संघीय सरकार अन्तरगतका जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी लगायतका कार्यालय खुलेका हुन ।


बिहान ११ बजेसम्म कुनै कार्यालयमा पनि सेवाग्राही भने आएका छैनन् । कसको आदेश मान्ने अन्योलमा रहेका संघीय सरकार अन्तर्गतका कर्मचारी विदाको विषयमा खुलेर बोल्न सकेका छैनन् ।


बिदा गरे केन्द्रबाट सम्पर्क गरे वा कुनै तथ्यांक खोजे के जवाफ दिने भन्ने समस्याका कारण कार्यालय खुलाएका कर्मचारीलाई प्रदेशको निर्णय नमानेको आरोप लाग्न सक्ने समस्या देखिएको छ । त्यसैले पनि उनीहरु खुलेर बोल्न सकेका छैनन् ।


स्थानीय तह, शैक्षिक संस्था भने बन्द रहेका छन् । प्रदेश सरकारले आदिवासी दिवस, जनैपूर्णिमा र छठ पर्वमा विदा दिने निर्णय गरेको छ । कृष्ण जन्माष्टमी रथयात्राको दिन मोरङ र सुनसरीमा सार्वजनिक बिदाको निर्णय गरेको छ । तर, केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा सेवा प्रवाह गर्ने कार्यालय नै समस्यामा परेका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?