१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पिउने पानीमा ‘कोलिफर्म’

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरका ११ वटा ‘पानी उद्योगका पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक ‘कोलीफर्म’ पाइएको छ । गंगाजल उद्योग विराटनगर ५, गोमारानी उद्योग विराटनगर ४, पूजा फुड एन्ड वेभरेज इन्डस्ट्रिज प्राली विराटनगर ६, तिरुपति जल उद्योग विराटनगर–२, माउन्टेन वाटर इन्डस्ट्रिज विराटनगर–११ ले उत्पादन गरेको पिउने पानीमा कोलीफर्म पाइएको हो ।

पिउने पानीमा ‘कोलिफर्म’

यस्तै, हाईमल जल इन्डस्ट्रिज विराटनगर–१०, श्री जल उद्योग विराटनगर–१३, शीतल जल उद्योग विराटनगर–८, जोनसन जल उद्योग विराटनगर–१४, दिव्य श्री जल उद्योग विराटनगर–१२, शुभ जल उद्योग बुढीगंगा १ ले उत्पादन गरेको पानीमा कोलीफर्म पाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङ, आन्तरिक राजस्व, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च, पब्लिक फोरम, पानी उत्पादक महासंघलगायतको अनुगमन टोलीले ४ दिन लगाएर यहाँका २० वटा पानी उद्योगको अनुगमन गरेको थियो ।

अनुगमन गर्ने क्रममा प्रत्येक पानी उद्योगले उत्पादन गरेको पानीको नमुना संकलन गरेर परीक्षण गरेपछि ११ वटामा कोलीफर्म देखिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाले बताए । अनुगमन गरिएको २० वटा उद्योगमध्ये शान्ति जल उद्योग विराटनगर ५ ले मात्रै सबै मापदण्ड पूरा गरेर पिउने पानी उत्पादन गर्दै आएको र बाँकी कुनै पनि उद्योगले मापदण्ड पूरा नगरेको उनले बताए ।

पानी उत्पादन महासंघ प्रदेश १ का अध्यक्ष पुण्यप्रसाद भट्टराईले प्रदेश १ का १ सय ५ वटै उद्योगी र खाद्य प्रविधि तथा गुण नियन्त्रणबीच सरकारले तोकेको मापदण्ड अनुसार उद्योग सञ्चालन गर्ने सहमति भए पनि मापदण्ड पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?