कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मासिँदै बरपीपल चौतारी

कान्तिपुर संवाददाता

धनकुटा — बटुवालाई थकाइ मार्ने अनि गाउँका मान्छे भेला भएर छलफल गर्ने चौतारीहरू अचेल उति देखिंँदैन । भएका मासिन थालेका छन् । नयाँ बन्ने छाँट देखिँदैन ।

मासिँदै बरपीपल चौतारी

नयाँ पुस्ताले संरक्षण नगर्ने र पुराना पुस्ताले रोपेका मासिँदै गएपछि बरपीपलसहितको चौतारो लोप बन्ने खतरामा पुगेको धनकुटा ४ देब्रेबासकी ९५ वर्षीया बत्छलादेवी अधिकारीको भनाइ छ ।

बरपीपल रोपिने तथा चौतारा बनाइने चलन धार्मिक विश्वासले बसेको उनको तर्क छ । ब्रह्मा र विष्णुको प्रतीकको रूप मानेर पूजा गर्ने चलन रहेको अधिकारीले बताइन् । झन्डै शताब्दी उमेर नजिक पुगेकी अधिकारीले आफ्नो पालामा बरपीपल रोपेर विवाह गरिदिने चलन रहेको सुनाइन् ।

‘देवताको रुप मानेर पूजा गर्ने चलन छ,’ उनले भनिन्, ‘तर अब बरपीपल र चौताराहरू मासिँदै गएकाले असाध्यै चिन्ता लागेको छ ।’ बरपीपल रोपेको स्थानमा ढुंगाको कलात्मक चौतारा बनाउने चलन रहेको बताइन् ।

बोटबिरुवा संरक्षणमा लागेको व्यक्ति तथा सरकारी निकायले समेत बरपीपलको संरक्षण गरेको पाइँदैन । जिल्ला वन कार्यालयको हातामा अन्य वनस्पतिका बिरुवा प्रशस्त छन् । तर त्यहाँ पनि बरपीपल संरक्षण गरिएको छैन ।

वन अधिकृत कृष्णप्रसाद बस्तीले यसबारे आफूहरूको ध्यान जान नसकेको स्वीकार गरे । बरपीपलले पर्याप्त अक्सिजन दिने भएकाले पहिलेका पुस्ताले चौतारो बनाएर संरक्षण गर्ने चलन चलाएको उनको तर्क छ । अझ छोटो अवधिमा आम्दानी दिन सक्ने बोटबिरुवातर्फ सर्वसाधारणको आकर्षण बढेसँगै धार्मिक वा सामाजिक उद्देश्यले रोपिने बरपीपल संरक्षण समेत हुन छाडेको उनले बताए ।

‘राज्यले पनि यस्ता वनस्पतिको संरक्षणतर्फ खास चासो दिएको छैन,’ उनले भने, ‘धार्मिक होस् वा वैज्ञानिक दुवै कारणले बरपीपल संरक्षण गरिनुपर्ने वनस्पति हुन् ।’

यस्तै भूसंरक्षण कार्यालय पनि हालसम्म यस्ता वनस्पतिको संरक्षणतर्फ लागेको छैन ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?