प्रदेश १

Pradesh-1

महिला हराउने क्रममा वृद्धि

खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । 

महिला हराउने क्रममा वृद्धि

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

विश्व आदिवासी दिवसको अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् । 

संघीय सरकारअन्तर्गतका कार्यालय खुला, प्रदेशका बन्द

प्रदेश सरकारको बिदाको निर्णय प्रजिअहरुले मानेनन्

प्रदेश १ सरकारले बिहीबार विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेपनि स‌ंघीय सरकार अन्तर्गतका अधिकारीहरुले विदालाई अस्वीकार गरेका छन् ।

प्रदेश सरकारको बिदाको निर्णय प्रजिअहरुले मानेनन्

खडेरीको क्षति हेरी राहत

तमोर तटीय क्षेत्रका खडेरीबाट प्रभावित किसानलाई छथर गाउँपालिकाले क्षतिका आधारमा राहत दिने भएको छ । मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली र फलफूल सुकेपछि किसानले गाउँपालिसँग सहयोग मागेका थिए ।

खडेरीको क्षति हेरी राहत

सिफारिस दस्तुर एक लाखसम्म

धरान उपमहानगरले सेवाग्राहीबाट लिने विभिन्न सिफारिस र अनुमति शुल्क दस्तुरको दर २० रुपैयाँदेखि १ लाखसम्म तोकेको छ । साउनदेखि नै लागू हुने गरी यस्तो शुल्क तोकिएको हो ।सवैभन्दा कम दस्तुर निवेदन फारामको २० रुपैयाँ छ ।

सिफारिस दस्तुर एक लाखसम्म

खोटाङका ३ विमानस्थल अवरुद्ध

जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । दुइटा विमानस्थलमा कालोपत्रे र एउटा विमानस्थलमा पहिरोले क्षति पुर्‍याएपछि हवाईसेवा अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको हो ।

खोटाङका ३ विमानस्थल अवरुद्ध

मासिँदै बरपीपल चौतारी

बटुवालाई थकाइ मार्ने अनि गाउँका मान्छे भेला भएर छलफल गर्ने चौतारीहरू अचेल उति देखिंँदैन । भएका मासिन थालेका छन् । नयाँ बन्ने छाँट देखिँदैन ।

मासिँदै बरपीपल चौतारी

बीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र अध्ययन, अनुसन्धान र बिरामी उपचारका लागि विश्वविद्यालयका रूपमा स्थापित गर्न सकिने सरोकारवालाले बताएका छन् ।

बीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

पिउने पानीमा ‘कोलिफर्म’

विराटनगरका ११ वटा ‘पानी उद्योगका पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक ‘कोलीफर्म’ पाइएको छ । गंगाजल उद्योग विराटनगर ५, गोमारानी उद्योग विराटनगर ४, पूजा फुड एन्ड वेभरेज इन्डस्ट्रिज प्राली विराटनगर ६, तिरुपति जल उद्योग विराटनगर–२, माउन्टेन वाटर इन्डस्ट्रिज विराटनगर–११ ले उत्पादन गरेको पिउने पानीमा कोलीफर्म पाइएको हो ।

पिउने पानीमा ‘कोलिफर्म’
श्रावण २३, २०७५

प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । 

प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

सगरमाथाको शिखरमा धरान

महिला सञ्चारकर्मीहरुले धरान उपमहानगरपालिका चिनाउने तस्बिर सगरमाथा शिखरमा पुर्‍याएको तस्बिर बुधबार उपमहानगरपाकिलाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरेका छन् । 

सगरमाथाको शिखरमा धरान

करेन्ट लागेर मृत्यु, डुबेर ज्यान गयो

सुनसरीको दुहबी नगरपालिका ३ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय रमेश कलवारकी ९ वर्षीया छोरी साक्षीलाई आफ्नै घरमा बिजुली सर्ट भएर करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु, डुबेर ज्यान गयो