कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

वक्तृत्वकलामा घिमिरे प्रथम

मोरङ — राष्ट्रिय युवा परिषद काठमाडौंले शनिबार विराटनगरमा आयोजना गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवाको भूमिका’ विषयक प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगितामा संखुवासभाकी सम्झना घिमिरे प्रथम भएकी छन् ।

वक्तृत्वकलामा घिमिरे प्रथम

प्रतियोगितामा प्रथम भएकी घिमिरेलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नगद १५ हजार र प्रमाण पत्र प्रदान गरे ।


खाँदबारी नगरपालिका–८ की घिमिरे स्थानीय बागेश्वरी उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी छन् ।


उदयपुरको गाईघाटकी किञ्जन खत्री द्वितीय, मोरङका छवीलाल भण्डारी तृतीय र खोटाङका विजय पाण्डेले सान्त्वना पुरस्कारमा चित्त बुझाए ।


उदयपुरस्थित बडुवा क्याम्पसमा बिबिएस चौथों वर्षमा अध्ययनरत खत्रीले प्रमाण पत्र र १० हजार नगद, विराटनगर–४ घर भई सिटी कलेजमा बिबिएस चौंथो वर्षमा अध्ययनरत भण्डारीले नगद ७ हजार र प्रमाण पत्र हात पारे ।


खोटाङको निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत पाण्डेले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गरे ।


प्रतियोगिताका प्रथम, द्वितीय र तीतृय स्थान प्राप्त गर्न सफल भएका घिमिरे, खत्री र भण्डारीले मंगलबार काठमाडौंमा उक्त विषयमा हुने राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रदेशबाट प्रतिनिधित्व गर्ने जिल्ला युवा समिति मोरङका अध्यक्ष रविन थापाले बताए ।

प्रकाशित : असार २३, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?