डुबेर २ जनाको मृत्यु

विराटनगर — झापा र उदयपुरमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित पैनीमा डुबेर स्थानीय १० वर्षीय गणेश विश्वकर्माको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर २ जनाको मृत्यु

साथीहरुसित पौडी खेल्ने क्रममा डुबेर सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।


यसैगरी उदयपुरको कटारी नगरपालिका–६ आँपटारका १४ वर्षीय डिके विश्वकर्माको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । नुहाउने बेला खोलामा डुबेका उनलाई खोज्ने क्रममा मृत अवस्थामा फेला पारिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १२, २०७५ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?