ठेकदार पछ्याउदा जुत्ता फाट्छ : योगेश भट्टराई

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य योगेश भट्टराईले ठेकदारका पछि लाग्दा जुत्ता फाटेको गुनासो गरेका छन् ।

ठेकदार पछ्याउदा जुत्ता फाट्छ : योगेश भट्टराई

ताप्लेजुङ भ्रमणमा आएका गृहमन्त्री रामबहादुर थापालाई निर्माणको काममा अझ कठोर भएर लाग्न प्रोत्साहित गर्दै भट्टराईले भने, ‘ठेकदारका पछि लाग्दा जुत्ता फाट्छ, पैसा लगिसक्छन् नत सम्पर्कमा आउछन् नत टेलिफोननै उठाउँछन् ।’


१० करोडको लागतमा सात वर्ष अघि बनिसक्नुपर्ने दोभानको तमोर नदीमाथिको पुलका बिषयमा भट्टराईले गुनासो गरेका थिए । उनले वार्षिक अढाई लाख पर्यटक आउने पाथीभरा क्षेत्रको सडकको बिषयमापनि यस्तै समस्या रहेको सुनाए । भट्टराईले नेपालमै ४० प्रतिशत बढी अलैचीं उत्पादन हुने जिल्लामा अलैचींको सुपरजोन हुनुपर्नेमा जोनमात्रै बनाइएकोमा असन्तुष्टि ब्यक्त गरे ।


भौगोलिक हिसाबले तेस्रो ठूलो जिल्ला ताप्लेजुङको उन्नति ओलाङचुङगोला नाका खुलेपछि मात्रै हुने भएकाले यसमा ध्यानदिन भट्टराईले गृहमन्त्रीको ध्यान आकर्षण गराए । २ सय ५१ किलोमिटरमा नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङदेखि प्रदेश १ को राजधानी विराटनगर जोडिने भएकाले यसलाई बिशेष प्राथमिकतामा राखिनुपर्ने भट्टराईको जोड थियो ।


शनिबार नेपाल–चीनको सीमा अवलोकन गर्ने र ओलाङचुङगोलामा स्थानीयसँग छलफल गर्ने कार्यक्रम भएपनि खराब मौषमका कारण थापा नेतृत्वको टोली सिधै संखुवासभा गएको छ । थापा संखुवासभाको किमाथांका सडक अवलोकन र अरुण तेश्रो जलविद्युत आयोजनाको अवलोकन गरेर संखुवासभाको खाँदवारी गएको उनीसँगै रहेका मिङमाडण्डु शेर्पाले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?