कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गाँजासहित तीन पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — गाँजा बिक्रीवितरण र ओसारपासको आरोपमा मंगलबार प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–४ इक्राही बस्ने शंकर राजबंशी, तुलसीराम चौधरी र सुनसरीको देवानगजन्ज–६ बस्ने सुन्दरी भन्ने सुनरी मेहेता रहेका छन् । 

गाँजासहित तीन पक्राउ

प्रहरीले सुनसरीको देवानगन्जबाट को १३ प ९९९५ नम्बरको मोटरसाइकलमा दुइजनाले विराटनगरतर्फ अवैध गाँजा लुकाएर लगिरहेको जानकारी पाएपछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीले राजवंशी र चौधरीको साथबाट ७ सय ५० ग्राम तयारी गाँजा बरामद गरेको थियो । उनीहरुलाई केरकार गर्दा दुवैले देवानगन्ज बस्ने लक्ष्मी मेहेताकी श्रीमतीले सुनरीबाट खरिद गरेर ल्याएको बताएका थिए । बयानको आधारमा प्रहरी टोली सुनरी मेहेताको घरमा छापा मार्न पुगेको थियो ।


प्रहरीले घरमा खानतलासी गर्दा थप २ किलो सय ग्राम तयारी गाँजा फेला परेपछि सुनरीलाई पनि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताए ।


अवैध सामान बरामद

प्रहरीले सुनसरीको कोसी गाउँपालिका–८ स्थित सीमा प्रहरी चौकी भण्टाबारीबाट खटेका टोलीले भन्सार छलेका ३७ हजार ५ सय ४५ रुपैयाँबराबरको सामान बरामद गरेको छ । सामान ल्याउने भारतीय नागरिक भने प्रहरी देख्नासाथ भारत तिरै भागेका थिए । बरामद सामान सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी व्यारेजमा बुझाइएको छ ।


यस्तै ८३ हजार ४ सय रुपैयाँका २ सय ७० थान लेहेङ्गा र टप्स दुहवी प्रहरीले बेवारिस अवस्थामा बरामद गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?