कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हरिणको मासुसहित स्कुटर बरामद 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका– ६ पानबारीको सेहरा खोला र सेउतीपुलकोबीच जंगलमा हरिणको मासुसहित स्कुटी बरामद भएको छ । मंगलबार दिउँसो ३ बजे सिकारीले छाडेको  १ सय केजी हरिणको मासुसहित प्रहरीले को १५ प ५८८७ नम्बरको एक स्कुटी बरामद गरेको हो । 

हरिणको मासुसहित स्कुटर बरामद 

जंगलमा हरिण मारेर बोरामा पोकापारी स्कुटीमा लैजानेक्रममा प्रहरीलाई देखेपछि सिकारीहरु जंगलभित्र भागेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बरामद गरिएको मासु थप अनुसन्धानका लागि धरानको तीनकुनेस्थित इलाका वन कार्यालयमा बुझाएको बताए ।


उनले चोरी सिकारीमा संलग्नहरुको खोजी कार्य भैरहेको बताए । मासुसहित बरामद स्कुटरको नम्बरबाट हरिण सिकारी पक्राउ गर्न यातायात विभागमा सम्पर्क गरिरहेको उनले बताए ।

प्रकाशित : वैशाख ४, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?