कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बीपी प्रतिष्ठानले गरेको एमआरआई टेण्डर रद्ध

अख्तियारद्धारा छानविन जारी
प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई (म्याग्नेटिक रिजोनेन्स इमेजिङ) उपकरण खरिद गर्ने भनेर खोलेको टेण्डर रद्ध गरेको छ । टेण्डर रद्ध गरेको पत्र सोमबार पाएको हस्पीटेक इन्टर प्राइजेजका सञ्चालक विशाल पण्डितले बताए ।

प्रतिष्ठानले आफूसँग भएको एमआरआई उपकरण पुरानो प्रविधिमा आधारित भएकाले आर्थिक वर्ष ०७२/७३ मा १.५ टेस्ला खरिद गर्न टेण्डर आह्वान गरेको थियो । सोही अनुसार हस्पीटेक इन्टर प्राइजेजले टेण्डर पारेपछि प्रतिष्ठानले १८ करोड रुपैयाँमा १.५ टेस्ला एमआरआई खरिद प्रक्रियाका लागि एलसी खोलेको थियो ।

हस्पीटेकले अन्यत्र सोही उपकरण १२ करोड रुपैयाँमा दिएको तर प्रतिष्ठानलाई ६ करोड रुपैयाँ बढीमा किनाउन खोजेर आर्थिक अनियमितता भएको हुनसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विवाद उत्कर्षमा पुगेको थियो ।


अख्तियारले एमआरआई खरिद प्रक्रिया भएका प्रतिष्ठानका सबै कागज पत्र करिब ७ महिना अघि अनुसन्धानकालागि भनेर तानेको छ । अझै छानविनकै अवस्थामा रहेको अख्तियारका प्रवक्ता तथा सहसचिव दीर्घराज मैनालीले बताए । उनले भने, ‘आयोगले प्रतिष्ठानको एमआरआई खरिद विषयमा परेको उजुरीलाई गम्भीर रुपमा छानविन गरिरहेको छ । कहिले टुंगो लाग्छ यसै भन्न सकिन्न ।’


प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले १.५ टेस्ला खरिद गर्न खोज्दा रेडियोलोजी विभागका प्रमुख रहेका हालका उपकुलपति प्रा डा राजकुमार रौनियारले त्यसबेला मानेका थिएनन् । तर रौनियार उपकुलपति भएपछि सोही उपकरण किन्न लाग्दा अख्तियारमा उजुरी परेको हो ।

पूर्वको टर्सरी सेन्टर भनिएको प्रतिष्ठानमा रहेको एमआरआई उपकरण पुरानो प्रविधिको भएकाले प्राय: बिग्री रहने र मेरुदण्डको तस्बिर निकाल्न सक्दैन । एमआरआई गर्नु पर्ने अधिकांश विरामीहरु विर्तामोड र विराटनगर पुग्ने गरेका छन् ।


प्रतिष्ठान स्राेतले भन्यो, ‘दासका पालामा किन्ने भनेको पनि १.५ टेस्ला नै हो र अहिले किन्न लागेको पनि १.५ टेस्ला नै हो । तर स्पेशिफिकेसनमा धेरै फरक भएकाले पछिल्लो एमआरआई महंगो भएको हो ।’


उपकुलपति रौनियार रेडियोलोजीका अन्तराष्ट्रिय विषेशज्ञ समेत हुन् । उनले एमआरआई खरिद विवाद अख्तियारमा छानवीन भइहरको विषयमा भने, ‘छानवीन गर्ने काम अख्तियारको हो । हामीले एमआरआई उपकरण ल्याउने भनेर टेण्डर खोलेपनि एक पैसा दिएका छैनौं । अनि भ्रष्टाचार कसरी भयो ?’


उनले आफु उपकुपति हुनभन्दा अगाडि नै टेण्डर गरिएका दुइ अर्व ५० करोड रुपैयाको मातृशिशु उपचार केन्द्र, करोडौंको अक्जिन प्लाण्ट जस्ता विषयमा कसैले आर्थिक अनियमिताको कुरा नउठाएर नया उपकरण एमआरआईको विषयमा अनावश्यक विवाद गरेर प्रतिष्ठानलाई तहस नहस बनाउने षडयन्त्र भइरहेको बताए ।


टेण्डर रद्ध गरेको विषयमा हस्पीटेकका संचालक पण्डितले संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘अव मरिसकेको विरामीको कुरा नगर्दा नै वेस हुन्छ । टेण्डर नै रद्ध भइसकेपछि यसबारेमा मैले बोल्नु छैन ।’

प्रकाशित : चैत्र १९, २०७४ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?