कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यात्रु दोहोरो मारमा

खाँदबारी–धनकुटा सडक खण्ड
दिपेन्द्र शाक्य

संखुवासभा — खाँदबारीबाट धनकुटाको हिलेसम्म यात्रा गर्ने यात्रु हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुनुपर्ने बाध्यता छ । बल्लतल्ल वर्षामा चल्ने यो सडक यति बेला धूलोले कुहिरीमण्डल हुन्छ । खाँदबारीको सभाखोलाबाट धनकुटाको हिलेसम्मको ५२ किलोमिटर सडकमा यात्रा गर्ने यात्रुले दोहोरो सास्ती व्यहोर्नु परेको छ । 

यात्रु दोहोरो मारमा

यो सडक खण्डमा ३ फुट गहिरोसम्म धूलो हुन्छ । वर्षात्मा पानीले हिलाम्मे पारेपछि यातायातका साधन चिप्लिएर दुर्घटना हुने सम्भावना हुन्छ भने हिउँदमा पनि धूलोमा फोर हवील भएको गाडी समेत भासिन्छ । सडक धुलाम्मे भएका कारण यात्रुहरू गन्तव्यमा समयमा पुग्न सक्दैनन् । खाँदबारीका इन्द्रकिसान दाहाल भन्छन्, ‘सभाखोलाबाट हिलेसम्म पुग्दा एकअर्काले सँगैको साथी चिन्न सक्दैनन्,’ उनले भने, ‘पुराना र झ्यालढोका नलाग्ने यातायातका साधन यो रूटमा सञ्चालन हँुदा झनै सास्ती हुन्छ । झ्यालढोका राम्ररी नलाग्दा बाहिर उडेको धूलो यात्रु भएको स्थानमा भरिँदा कुहिरीमण्डल हुन्छ । हिलेमा उत्रिँदा अर्को कपडा परिवर्तन गरेर मात्रै अर्को गाडी चढ्नुपर्छ ।’

धरानसम्म पुग्दा धूलोका कारण बिरामी नै पर्ने यात्रुहरू बताउँछन् । करिब ४ घण्टा पूरै धुलाम्मे बाटोमा हिँड्नुपर्छ । धेरै धूलो भएको स्थानमा पानी लगाउनुपर्ने यात्रुहरूले सुझाव दिएका छन् । पहाड काटेर सडक फराकिलो बनाउने क्रममा निस्किएको धूलोलाई व्यवस्थित नगर्दा समस्या भएको यात्रुहरूको गुनासो छ । माटो निकालेर सडकमै थुपारिएका कारण पनि धूलो खान परेको उनले बताए । धूलोमा जिप फसेपछि सबै यात्रु निस्केर ठेल्नुपर्ने पनि बाध्यता छ । ‘सभाखोलाबाट केवासम्म ३ फिट बढी धूलो छ, गाडी क्रस हुने बेलामा धूलोले बाटो नै देखिँदैन,’ उनले भने, ‘साँघुरो सडकका कारण पनि समस्या छ । केवाबाट हिलेसम्मको सडकको स्तरेन्नितका लागि काम भए पनि सुस्त छ ।’


सभाखोला हिले सडक खण्डमा जिप चलाइरहेका चालक खड्ग विक भन्छन्, ‘यो सडकमा फोर हवील नभए धूलोमा गाडी फस्छ निकाल्न सकिँदैन । धूलो कति फिट तलसम्म छ थाहा नहुँदा गाडी ढुंगामा ठोक्किएर बिग्रिन्छ ।’ धनकुटाको लेगुवाबाट संखुवासभाको सभाखोलासम्म तुम्लिङटार सडक डिभिजन कार्यालयले सडकको स्तरोन्नति सुरु गरेको छ ।


भदौ पहिलो साताबाट यो खण्डमा धमाधम काम भइरहेको भए पनि धूलो भने घटेको छैन । कामको ठेक्का पाएको रोताहा सन्तोषी जेभीले सडक चौडा पार्ने काम र भीरमा तारजाली समेतको वाल लगाउने काम गरिरहेको छ । सडक चौडा पार्ने क्रममा आएको माटो व्यवस्थित भएको पाइँदैन । ठेकेदार कम्पनीले २०७६ सम्ममा सडकको स्तरोन्नति गरिसक्नुपर्ने उल्लेख भएअनुसार काम भइरहेको दाबी गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?