कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

छाता ओढेरै प्रदर्शनमा सहकारीपीडित [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सहकारी पीडितको पक्षमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । पानी परिरहेकै समयमा उनीहरुले छाता ओढेर सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनसहितको र्‍याली रत्नपार्क शान्तिबाटिकादेखि सिंहदरबार गेट हुँदै भद्रकालीतर्फ लागेको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि भद्रकालीमा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो ।

'सहकारी बचतकर्ताको न्यायको लागि अब चल्छ नेपाल' लगायत ब्यानरमा गरिएको प्रदर्शनमा सहभागीले 'सहकारी बचतकर्ताको बचत रकम फिर्ता गर', 'ए सरकार जनताको पीडामा रमिते बनेर मनोरन्जन लिन बन्द गर,' जस्ता नारा लगाएका थिए ।

विगत १५ महिनादेखि सहकारीपीडित सडकमा चिच्याउँदासमेत सरकारले वास्ता नगरेको र सहकारी सञ्चालकहरुलाई कारबाही नगरेको भन्दै उनीहरुले आक्रोश पोखे । सहकारी दर्ता गर्न अनुमति दिने, जनतासँग कर लिने तर सहकारी अनुगमन/निरीक्षण गर्ने निकाय सुतेर बसिदिँदा लाखौं पीडित जनताले न्याय नपाइरहेको उनीहरुको गुनासो छ ।


प्रकाशित : भाद्र १६, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्