कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मनाइयो पञ्चदान पर्व [तस्बिरहरु]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — ललितपुरको पाटनमा सोमबार पञ्चदान पर्व मनाइएको छ । बौद्धधर्मको परम्पराअनुसार साउन शुक्ल अष्टमीका दिन मनाइने यो पर्वमा विभिन्न बही, विहारसँगै श्रद्धालुले आ-आफ्ना घरबाट समेत दान गरेर यो पर्व मनाउने गरेका छन् ।

यो पर्वमा श्रद्धालुहरूले शाक्य, वज्राचार्य, ब्रह्मचारी भिक्षु र चैलक्य -ची-बहालमा चूडाकर्म गर्नेहरू) लाई चामल, धान, गहुँ, नुन, कालो भटमास, क्षीर, फलफूल र दक्षिणा दान गर्ने परम्परा छ। ललितपुरमा मात्र मनाइने यो पर्वलाई 'यलः पञ्चदान' पनि भन्ने गरिन्छ। नेपाल भाषामा 'यलः' को अर्थ ललितपुर भन्ने हुन्छ ।

पञ्चदान गर्नुअघि दान लिन आएकालाई टीका लगाई पूजासमेत गर्ने चलन छ । पञ्चदान लिइसकेपछि दान लिएकाले दानपतिको आयु, जन, धन, सन्तान, यश, ज्ञान वृद्धि तथा शान्ति र सुस्वास्थ्यको कामना गर्दै शुभकामना दिने गर्दछन्। पञ्चदानको अन्त्यमा ओकु बहालको दीपंकर बुद्धलाई पञ्चदान गराएपछि यो पर्व समापन हुन्छ।


प्रकाशित : श्रावण २८, २०८१ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्