निर्मला कुर्मीको मुद्दामा सरकार असंवेदनशील भएको भन्दै माइतीघरमा विरोघ प्रदर्शन
काठमाडौँ — बाँकेकी निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार असंवेदनशील भएको भन्दै माइतीघरमा विरोघ प्रदर्शन गरिएको छ ।
अभियन्ता रुबी खानसहितको टोलीले बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको भन्दै कलंकीदेखि खाली खुट्टा हिाडेर माइतीघर आएर विरोध प्रदर्शन गरेका छन् ।
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको थियो । कुर्मीले साउन ९ गते बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए।