मनाइयो गँठेमंगल पर्व [तस्बिरहरु]
काठमाडौँ — काठमाडौं उपत्यकाका तीनै जिल्लाका नेवार समुदायले राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै गँठेमंगल पर्व मनाएका छन् । भुतप्रेत पन्छाउने भनी दिनभर ठड्याइएको नर्कटले बनेको गँठेमंगललाई घाम अस्ताएपछि नदी, दोबाटोमा लगेर बिसर्जन गर्ने चलन छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गँठे मंगललाई घन्टाकर्ण चतुर्दशी भनिन्छ । रोपाइँ गर्न नपाएकाहरुले भने यो पर्व मनाउँदैनन् ।