कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मस्कोमा मोदी-पुटिन मिलन [तस्बिरहरू]

एपी

मस्को — भारतीय प्रधानमन्त्री २ दिने रुस भ्रमणका क्रममा सोमबार मस्को पुगेका छन् । सोमबार नै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । दुई नेताबीच औपचारिक भेटवार्ता भने मंगलबार हुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनसँगको भेटका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले लेखेका छन्, 'नोभो-ओगारियोवोमा सत्कारका लागि राष्ट्रपति पुटिनप्रति आभारी छु । मंगलबार पनि हाम्रो कुराकानीको पर्खाइ छ जुन भारत तथा रुसबीचको सम्बन्ध अझ मजबुत बुनाउन सहयोगी सावित हुनेछ ।'

भेटमा रुसी राष्ट्रपति पुटिनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकोमा मोदीलाई बधाई दिएका छन् । मोदी तीनदिने रुस तथा अस्ट्रिया भ्रमणका क्रममा सोमबार मस्को पुगेका हुन् । उनी मस्कोमा हुने २२औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् । मोदीलाई मस्को विमानस्थलमा रुसी सेनाको एक टुकडीले 'गार्ड अफ अनर' समेत दिएको थियो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि मोदी पहिलो विदेशयात्रामा निस्किएका हुन् ।

प्रकाशित : असार २५, २०८१ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्