कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नागढुंगा सुरुङ जाने फ्लाईओभर निर्माण धमाधम [तस्बिरहरू]

विमल खतिवडा, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नागढुंगा सिस्नेखोला सुरुङ जाने फ्लाईओभर निर्माण धमाधम भइरहेको छ । अहिलेसम्म ५० प्रतिशत निर्माणको काम सकिएको नागढुंगा सिस्नेखोला आयोजनाले जनाएको छ । बलम्बुमा निर्माण जारी रहेको फ्लाईओभर भएर सवारी साधन सुरुङमार्ग पुग्नेछन् ।

बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्र र ग्राभेलको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । तीन वटा पुल र ६ वटा कल्भर्टको निर्माण भइसकेको छ । यो सुरुङको ‘ब्रेक थ्रु’ गत बैशाख ३ मा भएको थियो । अहिले सुरुङभित्र फिनिसिङको कामहरु भइरहेको छ ।

त्यस्तै सुरुङ बाहिर निर्माण गर्नुपर्ने संरचनाको काम पनि भइरहेको आयोजनाले जनाएको । अबको एक वर्ष भित्र सवारी साधन चलाउनेगरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । मुख्य सुरुङको दूरी २.६८८ किमी र आपतकालीन सुरुङको दूरी २.५५७ किमी छ ।


प्रकाशित : जेष्ठ २७, २०८१ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्